TodayPati

मधेश प्रदेश : १ हजार २३० मतदानस्थल र २ हजार ४७२ मतदानकेन्द्र अतिसंवेदनशिल

टुडेपाटी–
जनकपुरधाम, मंसिर ३ गते ।

आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा निकायले मधेश प्रदेशमा २ हजार १५६ मतदानस्थल र ४ हजार २३५ मतदानकेन्द्र निर्धारण गरिएकोमा अधिकांश मतदानस्थल र मतदानकेन्द्रलाई अतिसंवेदनशीलमा राखेको छ ।

सुरक्षा निकायले मधेश प्रदेशका मतदानस्थल र मतदानकेन्द्रलाई तीन समूहमा वर्गीकरण गर्दा १ हजार २३० वटा मतदानस्थल र २ हजार ४७२ मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकृत गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Sponsored

यस्तै, ७७९ मतदानस्थल र १ हजार ४९८ मतदानकेन्द्र संवेदनशील, १४७ मतदानस्थल र २६५ मतदानकेन्द्र सामान्य रहेको प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

सुरक्षा निकायले विगतको चुनावमा भएको गतिविधिलगायत विभिन्न आधारमा मतदानकेन्द्र र मतदानस्थलको वर्गीकरण गरेका हुन्।

मधेस प्रदेशमा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाबाहेक २३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गरेर खटाइएको छ।

Sponsored

मधेस प्रदेशमा २३ हजार ७७१ जना म्यादी प्रहरी भर्ना गरिएकोमा धनुषामा ३ हजार ४८६, सर्लाहीमा ३ हजार ३०७, सप्तरीमा ३ हजार २७८, बारामा ३ हजार १४४, रौतहटमा २ हजार ९३९, सिरहामा २ हजार ८०९, महोत्तरीमा २ हजार ८०१, पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *