महोत्तरी : एमाले–माओवादी कार्यकर्ताबीच झडप !
टुडेपाटी–
महोत्तरी, मंसिर २ गते ।
महोत्तरीमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।
जिल्लाको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
स्थानीय रामभुषण साहका अनुसार एमाले कार्यकर्ताको कुटाइबाट पाँच जना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।
आक्रमणमा परी अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल र रायवीर मण्डल घाइते भएका छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।
Sponsored
यता, एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए भने माओवादीले घटनाको भत्सर्ना गरेको छ ।