TodayPati

गए राति १२ बजेदेखि स्थिर समय लागू

रासस-
काठमाडौं, मंसिर २ गते ।

गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू भएको निर्वाचन आयोगले जनाएको छ। स्थिर समय लागू भएसँगै लामो समय निर्वाचनका लागि चहलपहल भएको गाउँघर तथा शहरबस्तीको वातावरण चकमन्न बनेको छ।

दलका नेता, कार्यकर्ता घर बाहिर देखिएका छैनन्। स्थिर समय लागू भएसँगै राजनीतिक गतिविधिमा शून्यता देखिएको छ। मतदातालाई निर्वाचनमा कसलाई मत हाल्ने भन्ने सोच विचार गर्नका लागि स्थिर समयको व्यवस्था गरिएको हो। यसअघिका निर्वाचनमा भने मतदानको अघिल्लो ४८ घण्टा अघिदेखिको समयलाई मौन अवधि भनिन्थ्यो।

Sponsored

आयोगले यसपटक नयाँ शब्दावलीको प्रयोग गरेको हो। निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ।

मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका विषयमा आचारसंहितामा उल्लेख गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *