मधेश प्रधेश : गठबन्धन विरुद्ध छोरीलाई उम्मेदवार बनाएका शिवपुजन माओवादीबाट निष्कासित
टुडेपाटी–
जनकपुरधाम, मंसिर १ गते ।
गठबन्धनको विरुद्ध छोरीलाई उम्मेदवार बनाएका नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटी सदस्य शिवपुजन यादवलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।
माओवादी केन्द्र मधेश प्रदेशका इन्चार्ज गणेश साहले बिहीबार विज्ञप्ति जारी गर्दै यादवलाई पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएका हुन् ।
गठबन्धनका उम्मेदवारविरुद्ध यादवले बागी उम्मेदवारी दिएका उम्मेदवारको चुनावी प्रचारमा गएको र पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएकाले पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।