TodayPati

एमालेका उमेदवारको भोट माग्ने मतदान अधिकृत जिम्मेवारीमुक्त

टुडेपाटी–
काठमाडौँ, मंसिर १ गते ।

सामाजिक सञ्जाल फेसबुकमा एमाले उमेदवारको भोट माग्ने म्याग्दीका एक जना मतदान अधिकृत जिम्मेवारीमुक्त भएका छन् ।

जिल्लाको धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Sponsored

बिहीबार बिहान प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उमेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन कार्कीले अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुकमा सेयर गरेका थिए ।

कार्कीको फेसबुकको स्कृनसर्ट सहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको जिल्ला आचार संहिता अनुगमन समितिलाई उजुरी दिएका थिए ।

उजुरीको आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टीकरण मागेको थियो । कार्कीले मानवीय भुलका कारण सेयर, लाइक गरेको र तत्काल हटाएको स्वीकार गरेका थिए ।

Sponsored

आचार संहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *