मधेश प्रदेश : उम्मेदवारले भारतबाट मदिरा ल्याइएको विषयमा विवाद, झडपपछि ४ राउन्ड हवाई फायर
टुडेपाटी–
रौतहट, मंसिर १ गते ।
रौतहटमा दुई दलका कार्यकर्ताबीच झडप हुँदा अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
जिल्लाको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
बुधबारराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी दिए ।
घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
मतादातालाई वितरण गर्न एकजना उम्मेदवारले भारतबाट मदिरा ल्याइएको विषयमा विवाद भएको थियो ।
Sponsored
अर्का दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्दा सामान्य झडप भएको थियो । सो पछि मदिरा सहित भनिएको उक्त गाडी त्यहाँबाट भाग्न सफल भएको थियो ।
लगत्तै केही युवाले प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले बताइएको छ ।