फेरि भारतबाट घटेर आयो पेट्रोलको मूल्य, निगमलाई प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा
टुडेपाटी–
काठमाडौं, मंसिर १ गते ।
पेट्रोलियम पदार्थको मुल्य भारतबाट घटेर आएको छ ।
इन्डियन आयल कर्पोरेसनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले मूल्य घटाएर नयाँ मुल्य पठाएको हो।
नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटाएर पठाएको छ भने डिजेलमा एक रूपैयाँ २५ पैसा बढेर आएको छ ।
मूल्य घटेर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा छ। त्यस्तै, डिजेलमा १० रूपैयाँ ८६ पैसा घाटा छ।
Sponsored