मधेश प्रदेश : माओवादी केन्द्रले ६ नेतासँग सोध्यो २४ घण्टे स्पष्टीकरण
टुडेपाटी–
जनकपुरधाम, कार्तिक ३० गते ।
आसन्न निर्वाचनमा गठबन्धन विरुद्ध प्रचारप्रसार गरेको भन्दै नेकपा माओवादी केन्द्रले पार्टीका ६ जना नेतासँग स्पष्टीकरण सोधेको छ ।
गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा प्रचारप्रसार तथा मत मागेको भन्दै माओवादी केन्द्र मधेश प्रदेशले पार्टीका ६ जना नेतासँग स्पष्टीकरण सोधेको हो ।
बुधबार एक विज्ञप्ती जारी पार्टीका मधेश प्रदेश इन्चार्ज गणेश साहले माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य भरत कुमार थापा, शिव पुजन यादव, रमेश बुढाथोकि (कमल), सर्लाही जिल्ला कमिटी सदस्य मोहन लाल श्रेष्ठ, हरिवन नगर कमिटी अध्यक्ष तारा राज पन्त र रामनगर गाउँपालिका कमिटी अध्यक्ष राजाबाबु यादवसँग स्पष्टीकरण माग गरेका छन् ।
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठवनधनको मुलभाव सहित मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा दलहरुको बिचमा सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारको विरुद्ध एवम् गठबन्धन दल बिचको सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा वागी उम्मेदवारको पक्षमा प्रचारप्रसार तथा मत नमाग्न सचेत गराइएको छ ।
२४ घण्टाभित्र चितबुझदो कारण सहित लिखित जवाफ नदिए अनुशासनको कारवाही गरिने नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज साहले बताए ।
Sponsored