TodayPati

महोत्तरी २ (क) : मञ्जु यादवको घरदैलो अभियान तिव्र, भारी मतले जित्ने विश्वास

टुडेपाटी
महोत्तरी, कार्तिक २९ गते ।

महोत्तरी क्षेत्र नं. २(क) प्रदेशसभामा नेकपा एकीकृत समाजवादी (एस)की उम्मेदवार नेतृ मञ्जुकुमारी यादवले घरदैलो अभियानलाई तिव्रता दिएकी छन् । चुनावको समय अव केहीदिन मात्र बाँकी रहँदा निवर्तमान प्रदेशसभा सदस्य मञ्जुले १७ वडा मध्ये अधिकांशमा एजेण्डा सुनाउँदै घरदैलो सम्पन्न गरेको उनले बताइन् ।

अब एक दुईवटा मात्र बाँकी रहेको र आज वा भोलिमा सकिने उनको भनाई छ । घरदैलोमा जाँदा आफ्नो पक्षमा आप्रत्यसित जनसमर्थन जुटिरहेको बताइन् । यस अघि निर्वाचित सांसदले खासै विकास नगरको जनतामा व्याप्त असन्तुष्टि रहेको बताउँदै उनले यसपटक बिकल्प चाहेको उनको तर्क छ ।

Sponsored

बिकल्पमा आफूनै योग्य दक्ष उम्मेदवार रहेकाले जनता भारी मतको साथ जिताउनेमा विश्वस्त रहेको बताइन् । विगत पाँच वर्ष सदनमा आफू भूँइतहका जनताको मूलमूल समस्या उठाउन कुनै कसर बाँकी नराखेको भूमिकालाई जनताले अवश्य मूल्यांकन गर्ने उनको विश्वास छ ।

सो प्रदेशसभा क्षेत्रमा पाँच दलीय गठबन्धनमा अहिलेसम्म को अधिकारिक उम्मेदवार टुंगिन सकेको छैन । यसअघि यस क्षेत्रबाट जितेका मो.जयलुन राइन लोसपाबाट उम्मेदवार छन् । यी दुई उम्मेदवार मध्ये एकलाई आधिकारिक बनाउन गठबन्धनमा विमर्श भने भइनै रहेको नेताहरु बताउँछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *