TodayPati

भारतमा लकडाउन खुकुलो, पसल खोल्न सकिने

टुडेपाटी-

जनकपुरधाम, वैशाख १३ गते ।

भारतमा कोरोना भाइरसका कारण भएको लकडाउन लकडाउन खुकुलो गर्ने भएको छ ।

Sponsored

भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ ।

तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ ।

मदिरा पसलहरू सञ्चालनको अनुमती भने दिइएको छैन । अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्र भने पसल खोल्न पाइने छैन ।

Sponsored

डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने समेत भनिएको छ ।

केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको बीबीसीले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कुल संक्रमित संख्या २४ हजार ५०५ पुगेको छ । जसमध्ये ७७५ जनाको ज्यान गएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *