TodayPati

इंग्ल्याण्डले जित्यो टी–२० विश्वकपको उपाधि

टुडेपाटी–
काठमाडौं, कार्तिक २७ गते ।

पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ ।

फाइनल खेलमा पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले टी–२० विश्वकप दोस्रोपल्ट जितेको छ । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।

Sponsored

मेलवर्न क्रिकेट मैदानमा १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो ।

इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए ।

यस्तै जोस बट्लरले २६ तथा ह्यारी ब्रुकले २० रनको योगदान दिए ।

Sponsored

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सकेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *