TodayPati

राजिव गान्धी हत्या काण्डका सबै दोषीलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

एजेन्सी-
जनकपुरधाम, कार्तिक २५ गते ।

राजिव गान्धी हत्या प्रकरणमा भारतीय सर्वोच्च अदालतले शुक्रबार ठूलो फैसला सुनाएको छ । अदालतले ६ जना दोषीलाई रिहा गर्न आदेश दिएको छ । जसमा नलिनी र आरपी रविचन्द्रन पनि पर्छन् । उनीहरु सबै आजीवन कारावासको सजाय भोगिरहेका छन् ।

मे १८ मा सर्वोच्च अदालतले यस मामिलामा दोषी पेरारिवलनलाई राम्रो आचरणका कारण रिहा गर्न आदेश दिएको थियो । बाँकी दोषीले पनि सोही आदेशलाई उद्धृत गर्दै अदालतबाट रिहा गर्न माग गरेका थिए । नलिनी र रविचन्द्रन दुवैले ३० वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् ।

Sponsored

राजिव गान्धीको ३१ वर्षअघि हत्या भएको थियो । २१ मे सन् १९९१ मा एक चुनावी सभाका बेला तमिलनाडुमा एक आत्मघाती हमलामा राजिव गान्धीको हत्या गरिएको थियो । यो मामिलामा पेरारिवलनसमेत ७ जनालाई दोषी पाइएको थियो । टाडा अदालत र सर्वोच्च अदालतले पेरारिवलनलाई मृत्युदण्डको सजया सुनाएको थियो । तर पछि सर्वोच्च अदालतले मृत्युदण्डको सजायलाई जन्मकैदमा फेरिदिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *