TodayPati

स्वतन्त्र उम्मेदवार खडगीले गरे सत्ता गठबन्धनका उम्मेदवार उमेश यादवलाई समर्थन

टुडेपाटी-
राजविराज, कार्तिक २५ गते ।

सप्तरी क्षेत्र नम्बर २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका निरज शाही खडगीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उमेश कुमार यादवलाई समर्थन गरेका छन् ।

खडगीले बिहीवार प्रेस बिज्ञप्ती जारी गरी गठबन्धनका उम्मेदवार यादवलाई समर्थन गर्दै सक्रिय पुर्वक उनको क्षमा चुनाब प्रचारमा लाग्ने जानकारी दिएका हुन् ।

खडगीको समर्थनसँगै आफू अझै मजबुत भएको र आफ्नो जित सुनिश्चित भएको नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष समेत रहेका उम्मेदवार यादवले बताए ।

Sponsored

उनले आफूलाई समर्थन गरेकोमा खडगीप्रति धन्यवाद तथा आभार प्रकट गरे । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय खडगीले प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *