TodayPati

सप्तरी २ : सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई दिए तिव्रता

टुडेपाटी-
सप्तरी, कार्तिक २५ गते ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार जयप्रकाश ठाकुर र सप्तरी–२ (क) का प्रदेश सभा सदस्य उम्मेदवार सरोज मंडल, र (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले प्रसार–प्रसारलाई तिव्र बनाएका हुन् ।

जनताको घरदैलोमा पुगेर मत माग्दै सत्ताको लागि नभई संघीयता र संविधानको रक्षाका लागि लोकतान्त्रिक–बाम गठबन्धन बनेकाले जिताउन आग्रह गरेका छन् । उनले यस क्षेत्रको जनताले दिएको सुझावको आधारमा आफू उम्मेदवारी दिएकोले आफ्नो पक्षमा मतदाताले मतदान गर्ने विश्वास व्यक्त गरे ।

Sponsored

यस क्षेत्रमा समाजिक अगुवाको रुपमा लामो समय देखि काम गर्दै आएका ठाकुरले ‘कुनै पदमा नरहेपनि यहाँका ४ सय भन्दा बढी जनताहरुलाई रोजगारी दिएको छु, यहाँका विद्यार्थीहरुलाई पनि सहयोग गर्दै आईरहेको छु र यस क्षेत्रबाट चुनाव लडन सुझाव आएपछि प्रतिनिधि सभामा चुनाव लडेको हुँ, जनताले जिताउँछ’ उनले भने ।
मधेशीको नाममा सधै ठगेर राजनितिक गर्ने व्यक्तिहरुलाई यस पालि जनताले निर्वाचन मार्फत जवाफ दिने भन्दै उनले मधेशी माथि सधै अहितमा काम गर्ने पार्टी सँग गठबन्धन गरेर जनतालाई ठग्ने काम बन्द गर्नुपर्ने बताए ।

यस्तै सप्तरी–२ (क) मा प्रदेश सभा सदस्यका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार उमेश कुमार यादवले हजारौं शहिदको बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न जनताले यसै गठबन्धनलाई मत दिएर जिताउनुपर्नेमा जोड दिए । प्रचार प्रसारको क्रममा उनले भने ‘मधेश र मधेशीको नाउँमा ठगी गर्ने तथा देशलाई विखण्डण गर्ने सोच राखेकाहरुलाई जनताले हराउने छ, संघीयता र संविधान जोगाउने लोकतान्त्रिक बाम गठबन्धनलाई मतदान गर्नेछ भन्नेमा दुईमत छैन्, किनभने अब जनता सचेत भईसकेको छ ।’
यसै क्षेत्रका प्रदेश सभा (क) का उम्मेदवार सरोज मंडलले आफू बाचा भन्दा पनि काम गरेर देखाउने बताएका छन् । अहिले सम्म सपना बाँड्ने काम मात्रै भएकाले म सपना बाँडेर होईन काम गरेर देखाउँछु उनले भने ‘जनताले जिताउने नै छन् भन्नेमा कुनै दुईमत छैन् म काम गरेर जनतालाई अनुभूती गराउँछु ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *