जसपाका प्रदेश अध्यक्षसहित २३३ जनाले छाडे पार्टी
टुडेपाटी–
काठमाडौँ, कार्तिक २४ गते ।
जनता समाजवादी पार्टीका प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङसहित दुई सय ३३ जनाले पार्टी छाडेका छन्।
उनीहरुले दलहरूको सिद्धान्त र व्यवहार फरक भएको भन्दै जसपा छाडेका हुन्।
झापाको दमकमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी छाडेका हुन् ।
पार्टी छाड्नेमा पार्टीको विभिन्न वर्गीय संगठनका केन्द्रीय नेतासहित प्रदेश, जिल्ला, क्षेत्र र नगरका नेताहरू रहेका छन्।
Sponsored