TodayPati

मधेश प्रदेशका अधिकांश मतदानकेन्द्र र मतदान स्थल अत्ति संवेदनशील

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २४ गते ।

मधेश प्रदेशका अधिकांश मतदान स्थल र मतदान केन्द्र अति संवेदनशीलमा वर्गीकरण भएको छ।

प्रदेशमा २ हजार १५६ मतदानस्थल र ४ हजार २३५ वटा मतदानकेन्द्र निर्धारण गरिएकोमा जसमध्ये अधिकांश मतदानस्थल र मतदानकेन्द्र अतिसंवेदनशील रहेका छन्।

Sponsored

सुरक्षा निकायले मधेस प्रदेशका मतदानस्थल र मतदानकेन्द्रलाई तीन समूहमा वर्गीकरण गर्दा १ हजार २३० वटा मतदानस्थल र २ हजार ४७२ मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकृत गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ।

यस्तै, ७७९ मतदानस्थल र १ हजार ४९८ मतदानकेन्द्र संवेदनशील, १४७ मतदानस्थल र २६५ मतदानकेन्द्र सामान्य रहेको प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

सुरक्षा निकायले विगतको चुनावमा भएको गतिविधिलगायत विभिन्न आधारमा मतदानकेन्द्र र मतदानस्थलको वर्गीकरण गरेका हुन्। मधेस प्रदेशका ८ वटै जिल्लाको सीमा भारसँग जोडिएका कारणसमेत यस प्रदेशमा अन्य प्रदेशको तुलनामा सुरक्षा चुनौती थपिएको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *