कर्जाको ब्याजदर घटाउन माग गर्दै जनकपुरधामका व्यवसायी सडकमा
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २४ गते ।
बैंक तथा बितीय संस्थाहरुले दिनप्रतिदिन ऋणको ब्याजदर वृद्धिविरुद्ध जनकपुरधामका व्यवसायीहरु सडकमा उत्रेका छन् । ब्याजदरको मारमा परेको भन्दै जनकपुर उद्योग बाणिज्य संघको नेतृत्वमा व्यवसायीहरु सडकमा उत्रेका हुन् ।
बैंक तथा वित्तीय समस्या समाधानको माग गर्दै व्यवसायीहरुले बिहीबार बिहान जनकपुरधाममा शान्तिपूर्ण विरोध र्याली प्रदशर्न गरेका छन् । सम्बन्धित निकायामा उनीहरुले ज्ञापन पत्र समेत बुझाएका छन् । माग पुरा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत व्यवापारीहरुले दिएका छन् ।