TodayPati

धनुषा ३ को समग्र विकासका लागि हाम्रालाई होइन राम्रालाई मत दिनुस् : स्वतन्त्र उम्मेदवार उमेश साह

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २३ गते ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार उमेश साहले परेवा उडाउँदै प्रचारप्रसार कार्यालयको समुदघाटन गरेका छन् ।

पूर्व पत्रकार समेत रहेका साहले शान्तिको प्रतिक परेवा उडाउँदै बुधबार जनकपुरधाममा आफ्नो निर्वाचन प्रचार प्रसार समिति कार्यालयको उद्घाटन गरेका हुन् ।

Sponsored

कार्यालय उद्घाटन गर्दै साहले जनकपुरधामसहित धनुषा क्षेत्र नं. ३ को समग्र विकासका लागि हाम्रालाई नभई राम्रा उम्मेदवारलाई मतदिन आग्रह गरेका छन् । अनेकन नेता जन्माए पनि जनकपुरधाम त के जानकी मन्दिर देख्ने पनि कोहि नरहेको उनको गुनासो छ ।

उनले भने, ‘दिपावलीका दिन जनकपुरधामवासी अयोध्या पुगेर दिपोत्सव गर्छन तर जानकी मन्दिरमा बत्ति बल्दैन किन रु कस्ले जवाफ दिने ? ।’ जनकपुरधामवासीले आफनो मतको महत्व र उपयोगिता बुझन जरुरी रहेको उनले बताए । कार्यक्रममा बोल्दै उम्मेदवार साहका दाजु जनकपुुरधाम उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रमेश साहले जनकपुरधाम विमानस्थल स्थापना र निर्माणमा आफनो पुर्खाको लगानी रहेको बताए ।

एयरपोर्ट निर्माणमा आफ्नो परिवारको अहम योगदान रहेको उनको भनाइ थियो ।

Sponsored

‘मेरा बुवा कांग्रेसको एक सदस्य नाताले भुमिका खेल्नु भयो उनले भने, ‘हामी एयरपोर्ट निर्माणमा जग्गादान र राराब क्याम्पसमा एकलाख ईट्टा सहयोग गरेको परिवारको सदस्य हौं ।’ उनले आफनो परिवारका सदस्य ब्याजमा पैसा लगाएर कमाउने काम कहिल्यै नगरेको भन्दै ईमान्दार परिवारको सदस्य उमेशलाई मतदान गर्न आग्रह गरेका छन् ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *