मधेश प्रदेशका ३ जना माओवादी नेता कारवाहीमा
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २३ गते ।
नेकपा माओवादी केन्द्रको मधेश प्रदेश कमिटीले ३ जनालाई पार्टी नीति विपरीत स्वतन्त्र उम्मेदवारी दिने, उम्मेदवारको प्रस्तावक र समर्थक बस्नेलाई कारबाही गरेको छ ।
मंगलबार मधेश प्रदेशका इन्चार्ज गणेश साहले पार्टीको साधारण सदस्य समेत नरहनेगरी तीन जनालाई कारबाही गरेका हुन् ।
महोत्तरी क्षेत्र नम्बर १ अन्तर्गत ‘ख’मा माओवादीकै भरत साह उम्मेदवार रहेकोमा उनको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका विष्णुबहादुर योञ्जनलाई कारबाही गरिएको हो ।
योञ्जनको प्रस्तावक बसेका पृथ्वीबहादुर बलम्पाकी र समर्थक विजयकुमार यादवलाई समेत कारबाही गरिएको छ ।
Sponsored