मोरङ क्षेत्र नं. ३ (१) मा सत्ता गठबन्धनका उम्मेदवार थापाको निधन
टुडेपाटी-
बिराटनगर, कार्तिक २३ गते
मोरङ क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।
निमोनियाबाट पीडित थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी प्रदेश नं. १ का वनमन्त्री समेत थिए ।
नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।