महन्थ ठाकुरले प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको भन्दै स्पष्टीकरण माग
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २१ गते ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नं. ३ का उम्मेदवार महन्थ ठाकुरलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
स्पष्टीकरण पत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिन्ह अंकित पम्प्लेट लिई वितरण गर्न हिडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको, बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा प्राप्त भएको उल्लेख छ ।
स्पष्टीकरण पत्रमा ठाकुरलाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आ–आफ्नो जिल्ला निर्वाचन कार्यलयमा प्राप्त हुनेगरी स्पष्टीकरण जवाफ पेश गर्न निर्देशन दिएको छ ।