TodayPati

निर्वाचन अधिकृतको कार्यालयमा तालबन्दीपछि पक्राउ परेका वडाध्यक्ष रिहा

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २१ गते ।

बारा क्षेत्र नं‍. ४ को निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि दिउँसो पक्राउ परेका वडा अध्यक्ष सुनिल गुप्ता रिहा भएका छन् ।

समर्थकहरुले रिहाइको माग गर्दै त्रिभुवन राजमार्ग नै अवरुद्ध गरेपछि उनलाई प्रहरीले रिहा गरेको हो ।

Sponsored

बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय समेत रहेको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा ततालाबन्दी गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

गुप्ता वडा नं.७ जीतपुरका वडा अध्यक्ष हुन् । निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेकोले गुप्तालाई पक्राउ गरिएकोमा पछि छोडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *