TodayPati

असिनाबाट बटेश्वरमा ४ सय घरमा क्षति, सहयोग गर्न प्रदेश सरकारलाई गपा अध्यक्षको आग्रह

टुडेपाटी-
बटेश्वर, वैशाख १२ गते ।

शुक्रबार दिउँसो हावाहुरीसंगै आएको असिनाबाट बटेश्वर गाउँपालिकामा चारसयभन्दा बढी घरमा क्षति पुगेको छ । बटेश्वर गाउँपालिका वडा नं. १ को लक्ष्मीनिबासमा ३ सय र वडा नंं ३ बटेश्वरमा १ सय गरी चारसय भन्दा बढी घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले जानकारी दिए ।

घरको छानो पूर्ण रुपमा क्षतविक्षत भएकाले वर्षा भए चारसयभन्दा बढी परिवार घरमा बस्नै नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । गाउँपालिका अध्यक्ष राउतले शुक्रबार दिउँसो नै क्षति पुगेका घरहरुको अवलोकन गरेको बताए ।

Sponsored

‘अहिले वर्षा भयो भने चारसय परिवारलाई ओत लाग्ने समेत अवस्था छैन । मैले अवलोकनको क्रममा पीडितहरुलाई वर्ष भए तत्काल नजिक भएको विद्यालय तथा क्लबको भवन अथवा नजिकको छिमेको छत भएको घरमा शरण लिन आग्रह गरेको छु ।’ गाउँपालिका अध्यक्ष राउतले भने ‘असिनाले धेरै घरहरुमा क्षति पुर्याएको छ । कोरोना महामारी रोक्न लकडाउन गरिएको छ । असिना पीडित जनतालाई तत्काल छानोको व्यवस्था गरिदिन प्रदेश सरकारसंग मेरो आग्रह छ ।’


लकडाउनमा बिकास निर्माण काम हुन नसक्दा प्रदेश सरकोको धेरै विकासे बजेट फिर्ता भइ संघमा जाने अवस्था रहेको बताउँदै गापा अध्यक्ष राउतले त्यस बजेटबाट असिना पीडितहरुको लागि तत्काल जस्ताको छानो उपलब्ध गराइदिन अग्रह गरे ।
उनले गाउँपालिकामा बजेट थोरै भएकाले त्यसैबाट सक्दो असिना पीडितलाई राहतको व्यवस्था गर्ने मनस्थितिमा रहेको उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *