प्रधानमन्त्री कपमा मधेश प्रदेशको दोस्रो जित
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १९ गते ।
प्रधानमन्त्री कपमा मधेश प्रदेशको लगातार दोस्रो जित भएको छ । शनिवार लुम्बिनी प्रदेशसँग भएको खेलमो मधेश प्रदेश ९२ रनले जित हासिल गरेको छ ।
पहिलो ब्याटिङ्ग गरेको मधेश प्रदेशले तीन खेलाडीको अर्धशतकीय पारीको मदतले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २५९ रन बनाएको थियो ।
मधेशको तर्फबाट कप्तान हरिशंकर साहले सर्वाधिक ७६ रन बनाएका थिए । यस्तै संतोष कार्की र अनिल साहले समान ५०÷५० रन बनाए ।
जवाफमा ब्याटीङ्ग गर्न आएको लुम्बिनी प्रदेशले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो । लुम्बिनीको तर्फबाट विशाल विक्रम केसीले सर्वाधिक ३४ रन बनाए ।
बलिङ्गमा मधेश प्रदेशका कप्तान साहले १० ओभरमा २५ रन दिएर २ विकेट लिए । यस्तै राजेश यादव र प्रदीप पाशवानले ३÷३ विकेट लिए भने रुपेश सिंहले १ विकेट लिए ।
Sponsored
म्याचमा ७६ रन र २ विकेट लिएका कप्तान साह म्यान अफ द म्याच भएका हुन् ।