TodayPati

मधेशले लुम्बिनीलाई दियो २६० रनको लक्ष्य, लुम्बिनीलाई सुरुवाती झटका

टुडेपाटी–
जनकपुरधाम, कार्तिक १८ गते ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको दोस्रो खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई २६० रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरमा २५९ रन बनाएर अलआउट भएको छ ।

Sponsored

मधेशको तर्फबाट तीन खेलाडीले अर्धशतकीय पारी खेलेका छन् । सन्तोष कार्कीले ६० बलमा ३ छक्का र ५ चौकाको मद्दतले ५० रन बनाए ।

यस्तै मधेश प्रदेशका कप्तान हरिशंकर साहले ९० बलमा १ छक्का र १३ चौकाको मद्दतले सर्वाधिक ७६ रन बनाए । यस्तै विकेट किपर अनिल साहले ४९ बलमा २ छक्का र ५ चौकाको मद्दतले आफ्नो दोस्रो अर्धशतक पूरा गरे।

मधेश प्रदेशका विवेक यादव २१, मोहम्मद आदिल आलम १२ र इमरान शेखले १० रन जोडे।

Sponsored

बलिङतर्फ लुम्बिनी प्रदेशका कृष्ण कार्कीले ८ ओभरमा १ ओभर मेडन दिँदै ३५ रन दिएर ३ विकेट लिए। अनिल खरेलले ९।४ ओभरमा १ मेडनसहित ३७ रन दिँदै २ विकेट लिए भने मोहम्मद हुसेन, कप्तान देव खनाल र बसीर अहमदले १–१ विकेट लिएका छन्।

२६० रनको लक्ष्य पुरा गर्न खेल मैदानमा उत्रेका लुम्बिनी प्रदेशको खराब सुरुवात भएको छ । लुम्बिनीले पहिलो १० ओभरमा २ विकेटको क्षतिमा २३ रन बनाएर खेल्दै छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *