चुनावका लागि मतपत्र छपाइ सम्पन्न
टुडेपाटी–
काठमाडौं, कार्तिक १९ गते ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ ।
कूल आठ करोड तीन लाख ९४ हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ ।
यस्तै, प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार ५०० र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्वाचन आयोगले मतपत्र छपाइको जिम्मा दिएको थियो ।
Sponsored