निर्वाचन सुरक्षाका लागि मधेश प्रदेशमा २३ हजारभन्दा बढी म्यदी प्रहरी खटे
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १७ गते ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि मधेश प्रदेशमा भर्ना भएका २३ हजारभन्दा बढी म्यादी प्रहरी खटेका छन् ।
आठवटै जिल्लामा २३ हजार ७७१ म्यादी प्रहरी खटाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा सबभन्दा बढी धनुषामा ३ हजार ८८६ र सबभन्दा कम पर्सा जिल्लामा २ हजार ७ जना खटाइएको हो ।
मधेश प्रदेश प्रहरी प्रवक्ता सुमनकुमार तिमलसिनाका अनुसार सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, धनुषामा ३ हजार ४८६, महोत्तरीमा २ हजार ८०१ म्यादी प्रहरी खटाइएको छ ।
यस्तै सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हमजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएको छ ।
मधेश प्रदेशमा २३ हजार ७७१ म्यादी प्रहरीको लागि ६२ हजार भन्दा बढीले आवेदन दिएका थिए ।
Sponsored