TodayPati

काँग्रेसको मधेश प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १७ गते ।

अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि नेपाली काँग्रेसले मधेश प्रदेशमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

कांग्रेस मधेस प्रदेशमन सभापति कृष्णप्रसाद यादवले प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वमा ३४ सदस्य निर्वाचन परिचालन समिति गठन गरेका हुन् ।

Sponsored

कांग्रेसको विधान २०१७ (संशोधन सहित) एवम केन्द्रिय परिपत्र बमोजिम मधेश प्रदेशका आठवटै जिल्लालाई समेट्ने गरी परिचालन समिति गठन भएको सूचना संचार तथा प्रचारप्रसार प्रमुख नितेश कुमारले जानकारी दिए ।

उनका अनुसार निर्वाचन परिचालन समिति गठन भएसंगै प्रचारप्रसारमा जुट्न प्रदेश सभापति यादवले निर्देशन दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *