TodayPati

धनुषाको वटेश्वरमा यस कारण कुटिए असइ र हवल्दार

टुडेपाटी-

बटेश्वर, वैशाख १२ गते ।

लकडाउनमा धनुषाको बटेश्वर गाउँपालिका–१ लवकुशचोकमा ठेला घर लागन भन्न पुगेका प्रहरीमाथि कुटपिट भएको छ ।

Sponsored

ठेलामा जलेवी र समोसा बेचिरहेका युवकलाई नबेच्न भन्दा भनाभन भएपछि असइले युवकमाथि थप्पड प्रहार गरेपछि असइमाथि समेत कुटपिट भएको हो ।

बटेश्वर प्रहरी चौकीका असइ शंकर यादव र नागेन्द्र दुइ जना मात्र मोटरसाइकल चढेर ठेला हटाउन पुगेका थिए ।
बजार बन्द गर्न प्रहरीले आग्रह गर्दा भनाभन हुँदा ठेलामा जलेवी र समोसा बेच्ने एक युवकमाथि प्रहरीले हात छाडेका थिए ।

त्यसपछि युवकले समेत प्रहरीमाथि हातपात गर्न थालेपछि त्यहाँ उपस्थित झण्डै एकसय जनाको भीडबाट केहि व्यक्तिहरु समेत प्रहरीमाथि जाइलागेका थिए ।

Sponsored

प्रहरीमाथि कुटपिट हुनथालेपछि असइ र हवल्दार यादवद्धय तुरन्त फुत्केर चोककै अर्को कुनामा पुगेका थिए ।
शुक्रबार दिउँसो परेको असिना पानीको क्रममा चित्रपुर टोलमा धेरैको घरको छानो फुटेपछि बटेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र महतोले भएको क्षति विषयमा बुझ्न प्रहरीलाई बोलाएका थिए । त्यसै क्रममा लवकुश बजारमा पुगेपछि बन्द गराउने क्रममा प्रहरी कुटिएका हुन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार बजार बन्द गराउने क्रममा सुरुमा एकजना महिलासंग पनि प्रहरीको भनाभान भएको थियो । प्रहरीमाथि कुटपिट भएलगतै जम्मा भएका सयौं स्थानीयहरु घर फर्केका थिए । यता प्रहरी निरिक्षक नायकले केहि घटना नै नभएको दावी गरे । जिल्ला प्रहरी कार्यालय धनुषाले भने घटना विषयमा अनभिज्ञता प्रकट गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *