मधेश प्रदेशमा आज सार्वजनिक बिदा
टुडेपाटी –
जनकपुरधाम, कार्तिक १४ गते ।
मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । मधेश सरकारले छठ पर्वको अवसरमा छठको अन्तिम दिन आज (सोमबार ) सार्वजनिक बिदा दिएको हो ।
संघ सरकारले छठको तेस्रो दिन अर्थात अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारनको दिन समेत प्रदेशमा बिदा दिँदै आएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिएका हुन् ।