धनुषा ४ का उम्मेदवार कृष्णलाई लौरो अभियाको समर्थन, रघुवीर र महेन्द्र तनावमा !
टुडेपाटी-
जनकपुरधाम, कातिक १३ गते ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार कृष्ण कुमार महतोलाई हाम्रो नेपाल पार्टी (लौरो अभियानले ) समर्थन जनाएको छ ।
कलाकार समेत रहेका महतोको चुनावी एजेण्डा, व्यक्तिगत छवि र विचारबाट प्रभावित भएर उक्त पार्टीले समर्थन जनाएको हो ।
हाम्रो नेपाल पार्टीका उपाध्यक्ष अरुण रौनियारले महतोलाई समर्थन गरेको पत्र पठाएका हुन् ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साहको उम्मेदवारीपछि सक्रिय भएको लौरो अभियानको युवामाझ पकड मानिन्छ ।
हाम्रो नेपाल पार्टीको समर्थनपछि आफु जिततर्फ अग्रसर भएको महतोले बताए ।
Sponsored
दलहरुको फोहोरी र भ्रष्ट राजनीतिले जनतामा वितृष्णा बढेको भन्दै महतोले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्तारुढ गठबन्धनको तर्फबाट यहाँबाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठसँग महतोको प्रतिष्पर्धा छ ।
दुईजना दिग्गज नेताकाबीच महतोलाई चुनाव जित्न चुनौती भएपनि पछिल्लो समय अफ्नो पक्षमा माहोल बन्दै गएको उनको भनाई छ ।
आन्तरिक रुपमा कांग्रेस र एमाले र जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेताहरुले महतोको लागि मत मागिरहेको स्रोतहरुले बताएका छन् । २७ वर्षीय महतो मधेसका चर्चित हाँस्य कलाकार हुन् ।
गरिब परिवारमा जन्मेर हुर्केका उनी दलहरुको रजनीतिबाट समुदायिक विद्यालय, अस्पताल र रोजगारी सम्भव नभएकाले भ्रष्टाचारमुक्त क्षेत्र बनाउने अभियान सहित उम्मेदवारी दिएको बताए ।
महतोको उम्मेदवारीले कांग्रेस र एमाले दुबै पार्टीका उम्मेदवारलाई तनाव बढेको उनी निकटस्थ नेताहरु बताउँछन् ।
कांग्रेसका महेन्द्र र एमालेका रघुवीरले सुरुमा कृष्णलाई हल्का उम्मेदवारको रुपमा लिएपनि पछिल्लो समय उनको पक्षमा माहोल बन्न थालेपछि दुबै उम्मेदवारले कृष्णलाई उम्मेदवारी निष्क्रिय गराउन प्रयास गरेको कृष्ण निकटस्थ युवाहरुले बताए ।