TodayPati

वेदिक गणतन्त्रको माग सहित पण्डित शास्त्री मतदाताहरुको घर घरमा

शुभ नारायण यादव–
सप्तरी, कार्तिक ११ गते ।

अहिले आसन्न चुनावको प्रचार प्रसार गर्न उम्मेदवारहरु घर घर जान्छ, खुट्टा ढोग्छन तर सप्तरीमा पहिलो उम्मेदवार हुन पण्डित राम कुमार शास्त्री जसलाई मतदाताहरुले नै खुट्टा ढोग्ने गरेका छन् ।

अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सदभा सदस्य पदको निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र न ३ क बाट स्वतन्त्र उम्मेदवारी दिएका शास्त्री घरदैलो गर्ने विभिन्न गाउँ, टोलमा जाँदा पण्डित शास्त्रीलाई मतदाताहरुले नै खुट्टा ढोगेर आशिर्वाद लिने गरेका छन् ।

Sponsored

वेदिक गणतन्त्र स्थापनका लागि उम्मेदवारी दिएका पण्डितले समाजमा भइरहेको अन्याय, अत्याचार, शोषण, दमन, रुढिवादिता, जातिवादी, धर्म सस्कृति एव उँचनिचको भेदभावलाई अन्त्य गर्न आफु स्वतन्त्र भएर उम्मेदवारी दिएको बताए ।

उनले सलहेश, दिनारामभद्री, वन्ठाराम, लोरिकमनियार जस्ता महापुरुषलाई उच्च सम्मान दिदै कृष्णाराम, वेनिबाबा, कारोबाबा, तपसिबाबा, गोविन्दगणिनाथ, शसियामहराज, धार्मिक मठ मन्दिरको संरक्षण लगायत अन्य संत महात्माको सदा नमनका साथ सहिदहरुको सपनालाई साकार पार्दै सम्पूर्ण मानव मात्रलाई धर्मको प्रत्याभुतिका साथ राम राज्यको स्थापना गर्नको लागि आफुले उम्मेदवारी दिएको बताए ।

उनले जन–जनमा मानविय गुण, विवके, स्वालम्वन, कर्मयोग, अनुशासनको शिक्षालाई मजवुत पद्धतिको आधारमा गुरुकुल शिक्षालाई प्रोत्साहन गर्दै शिक्षा, स्वास्थ्यलाई गम्भीरताका साथ व्यवस्थित गर्दै वेदिक परम्पराको आधारमा नयाँ सन्ततिलाई संस्कार सिकाउने लक्ष्य रहेको बताए ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *