TodayPati

आयोगले प्रधानमन्त्रीका प्रेस प्रमुखको नाम समानुपातिक सूचीबाट हटायो

टुडेपाटी–
काठमाडौं, कात्तिक ९ गते ।

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारको नाम समानुपातिकको सूचिबाट हटाएको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवार हुन अयोग्य ५५० जनाको नाम हटाउँदा प्रधानमन्त्रीका प्रेस प्रमुखको नाम पनि हटेको छ ।

Sponsored

परियार लाभको पदमा रहेको भन्दै आयोगले बन्द सूचीबाट नाम हटाएको हो । उम्मेदवार हुन अयोग्य हुनेमा अधिकांश यसअघिको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका कारण आयोगका जरिवानामा परेकाहरु छन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका तर खर्च विवरण नबुझाएका कारण जरिवाना तिर्नुपर्ने ३६९ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

उमेर नपुगेकार प्रतिनिधिसभाका २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेदवारी परेकाले ६६ जनाको नाम हटेको छ । महिला पुरूषको विवरण फरक परेका ३७ व्यक्तिको नाम हटेको छ ।

Sponsored

यस्तै मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *