समानुपातिकतर्फ ५४८ जनाको उम्मेदवारी खारेज
टुडेपाटी–
काठमाडौं, कार्तिक ८ गते ।
निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनको समानुपातिकतर्फका ५४८ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा जरिबाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेकालगायतका कारणबाट अयोग्य भएकाहरूको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको आयोगले जनाएको छ ।