भारतीय मूलका सुनक बने बेलायतका प्रधानमन्त्री
टुडेपाटी–
काठमाडौं, कार्तिक ८ गते ।
भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।
पूर्व मन्त्री पेनी मोर्डन्टले प्रधानमन्त्री पदमा प्रतिस्पर्धा नगरेपछि ४२ वर्षीय सुनक निर्वाचित भएका हुन्। सुनकले राजा चार्ल्सलाई बकिङहम दरवारमा भेटेसँगै नयाँ प्रधानमन्त्री बनेका हुन्।
सुनक यस अघि तत्कालीन प्रधानमन्त्री बोरीस जोन्सनको पालामा अर्थ मन्त्री बनेका थिए।
कोरोना कालमा सुनकले अर्थतन्त्रलाई सुधार गर्न योगदान पुर्याएको भन्दै उनको भूमिकाको प्रशंसा गर्ने गरिन्छ।
Sponsored