TodayPati

कांग्रेसको निर्वाचन संस्कृतिक समन्वय तथा प्रचारप्रसार उपसमितिको मधेश संयोजनकमा चौधरी मनोनित

टुडेपाटी–
जनकपुरधाम, कार्तिक ६ गते ।

नेपाली कांग्रेसको मधेस प्रदेशका सदस्य जीवनाथ चौधरीलाई कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिको मधेस प्रदेशको संयोजकमा चयन गरिएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको एक महिनाभन्दा पनि कम समय बाँकी रहेको समयमा नेपाली कांग्रेसले चौधरीलाई पार्टीको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिको मधेस प्रदेशको संयोजकमा चयन गरेको हो ।

Sponsored

नेपाली कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचार प्रसार केन्द्रिय समितिको बैठकबाट ७ वटै प्रदेशको उपसमितिको संयोजक चयन गरेको छ ।

यसका साथै उपसमितिका सदस्यहरु समेत चयन गरिएका हुन् । चौधरी नेपाली कांग्रेसको भातृ संस्था सांस्कृतिक संघका अध्यक्ष समेत हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *