TodayPati

केपी ओली भन्छन्, मंसिर ४ पछि रेलभन्दा छिटो जनकपुरको विकास हुन्छ

टुडेपाटी–
काठमाडौँ, कार्तिक ४ गते ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि रेलभन्दा छिटो जनकपुरको विकासको गति बढ्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शुक्रबार जनजाति आदिवासीहरूसँगको अन्तरक्रियामा यो सरकारले विकासका काम नगरेको भन्दै मंसिरको निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले रेलको गतिमा विकासका काम गर्ने बताएका हुन् ।

Sponsored

उनले भने, ‘यो सरकारलाई काम गर्ने फुर्सद पनि छैन, यो काम गर्न जन्मेको पनि होइन । बेग्लै उद्देश्यका लागि जन्मिएको सरकार त्यसैगरी अलमलिएको छ । अब मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अघि बढ्छ ।’

अध्यक्ष ओलीले डोमेस्टिकमा उड्ने सौर्य र सिम्रिक एयरभन्दा छिटो जेट विमान उड्ने भन्दै सोही गतिमा मंसिर ४ पछि विकासको गति अघि बढ्ने बताए । ‘त्यो गतिमा विकास हुन्छ । यो सन्देश गाउँगाउँमा लैजानुस् । जनताको महाअदालत मंसिर ४ गते बस्दैछ । महाफैसला गर्दैछ’, ओलीले भने ।

रेल भन्दा मजाकमा उडाउँथे भन्दै ओलीले भने, ‘अस्ति म रेलको टिकट काटेर रेल चढेर आएँ । त्यसदिन रेल नै ढिलो थियो कि के भो एकछिन ढिलो भो भनेर अत्तो थापे केहीले । म चढ्न जाँदा ढिलो भयो रे, हुनसक्छ मैले १४६ को टिकट काटेपछि त्यो १४६ जना मानिस चढ्दा अतिरिक्त ढिला भयो कि थाहा छैन, तर रेल खचाखच, कोचाकोच भयो ।’

Sponsored

रेलको संख्या थपिदिनुपर्यो भनेर आफुलाई भनिएको पनि अध्यक्ष ओलीले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *