चिनियाँ जासुस नेपाली नागरिकतासहित दिल्लीबाट पक्राउ
एजेन्सी–
काठमाडौं, कार्तिक ४ गते ।
भारतीय प्रहरीले नेपाली नागरिकतासहित चिनियाँ जासुसलाई पक्राउ गरेको छ।
दिल्लीको विशेष सेलले ४४ वर्षीया चिनियाँ महिला चाइ रउलाई पक्राउ गरेको हो। भारतको विभिन्न सरकारी कार्यालय र मन्त्रालयहरुबाट गोप्य सूचना चुहाएको उनमाथि आरोप लगाइएको छ।
विगत दुई वर्षदेखि आफ्नो पहिचान लुकाएर उनी दिल्लीमा बस्दै आएकी छन्। उनको साथमा रहेको नेपाली नागरिकता र पासपोर्टसमेत बरामद गरिएको छ।
नागरिकतामा डोल्मा लामा लेखिएको छ। उनी डोल्मा लामा बनेर भिक्षुको भेषमा जासुसी गर्दै आएको दिल्ली प्रहरीले जनाएको छ।
पक्राउ परेकी ती महिलालाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ।
Sponsored
ती महिलाले नेपाली र हिन्दी दुवै भाषा बोल्ने गरेको बताइएको छ।