प्रदेशसभा सदस्यका उम्मेदवार ठाकुर घरदैलोमा व्यस्त
टुडेपाटी-
जनकपुरधाम । कार्तिक ४ गते ।
नेकपा एमालेबाट क्षेत्र नं. ३ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार दीपेन्द्र ठाकुर घरदैलो आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।
पूर्व कराते खेलाडी समेत रहेका उम्मेदवार सामाजिक लगायत विभिन्न क्षेत्रमा पुर्याएको योगदान गनाउँदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।
‘म यस अघि प्रत्यक्ष राजनीतिमा नलागे पनि जनकपुरधाम लगायतका क्षेत्रमा पुर्याएको योगदानलाई यहाँका मतदाताले कदर गर्नु हुन्छ भन्ने विश्वास छ ।’ उम्मेदवार ठाकुरले भने ।
जनकपुरधामको रामानन्द युवा क्लवका अध्यक्ष रहि सकेका ठाकुर आफूलाई सामाजिक कार्यमा सक्रिय राख्दै अएका छन् ।
नेपालको ‘क’ वर्गका निर्माण व्यवसायी ठाकुर यहाँका जनताको सेवा गर्ने अभिप्रायले आफू राजनीतिमा होमिएको स्पष्ट बताए । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा आफू फ्रन्टमै रहेर राहत वितरणका साथै विपन्न तथा गरिबलाई भोजन गराउने कार्यमा प्रत्यक्ष उनले बताइरहेका छन् । राजनीतिमा आएर प्रत्यक्ष रुपमा सामाजिक दायित्वलाई निर्वाह गर्ने उनको भनाइ छ ।
Sponsored
सामाजमा देखिएका विकृति, विसंगति विरुद्ध लड्नकालागि राजनीति एक मात्र आधार रहेको उनी बताउँछन् ।