आफैलाई भोट दिन पाउँदैनन् धनुषा ३ का मुख्य प्रतिस्पर्धी महतो र झा
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २ गते ।
प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।
धनुषा ३ मा भने दुई पूर्व मन्त्रिसहित ३१ जना चुनावी मैदानमा छन् तर मुख्य प्रतिस्पर्धीले आफुलाई नै मतदान नगर्ने भएका छन् ।
नेकपा एमालेबाट उम्मेदवार रहेकी पूर्व मन्त्री जुली कुमारी महतो र लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेकी अनिल कुमार झाले आफैलाई मतदान नगर्ने भएका छन् ।
महतो धनुषा निर्वाचन क्षेत्र नं. ४ को भोटर हुन् भने झा रौतहट क्षेत्र नं. १ का मतदाता हुन् ।
महतो एमाले जसपा र झा पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।
Sponsored