चालु आवको पहिलो तीन महिनामा विकास बजेट ५.१७ प्रतिशत मात्र खर्च
टुडेपाटी–
काठमाडौं, कार्तिक १ गते ।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा ५.१७ प्रतिशत मात्र विकास खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन १ गतेदेखि असोज ३१ गतेसम्म जम्मा ५.१७ प्रतिशत विकास बजेट खर्च भएको छ ।
सरकारले तीन महिनाको अवधिमा ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा १९ अर्ब ६८ करोड ११ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
तर, गत आर्थिक वर्षको तुल्नामा पहिलो तीन महिनामा विकास खर्च बढेको देखिन्छ । गत आवको तीन महिनामा लक्ष्यको करिब चार प्रतिशत मात्रै विकास खर्च भएको थियो ।
गत आवमा तीन खर्ब ७८ अर्ब नौ करोड रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखिएकोमा असोज ३१ गतेसम्म १४ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ मात्र विकास खर्च भएको थियो ।
Sponsored