TodayPati

महोत्तरीका लक्ष्मी महतोसहित ९ जनाको उम्मेदवारी खारेजी माग गर्दै परेको रिट खारेज

टुडेपाटी–
काठमाडौं, असोज ३० गते ।

महोत्तरीका लक्ष्मी महतो, विजयकुमार गच्छदार, बिक्रम पाण्डेलगायत ९ उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो ।

Sponsored

अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका नेताहरु प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै रिट दिएका थिए ।

उनले महतो, गच्छदार, पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ र गगन भन्ने रेवतीराज पुरीको उम्मेदवारी खारेज गराउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *