TodayPati

शताब्दी पुरुषको निधनमा सरकार एक दिन सार्वजनिक बिदा दिने

टुडेपाटी–
काठमाडौं, असोज ३० गते ।

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिने भएको छ ।

जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

Sponsored

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए ।

मन्त्री श्रेष्ठले प्रधानमन्त्रीसँग् समन्वय गरिसकेकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रस्ताव बनिसकेको र सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय बिदा दिने निर्णय भएको बताए । उनले यसको आधिकारिक सूचना सरकारी माध्यमबाट आउने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *