नेपाली कांग्रेस मधेश प्रदेशको प्रचार–प्रसार प्रमुखमा पुनः नितेश गुप्ता
टुडेपाटी–
जनकपुरधाम, असोज २९ गते ।
नेपाली कांग्रेस मधेश प्रदेश सदस्य नितेश कुमार गुप्तालाई सूचना संचार र प्रचारप्रसार विभाग प्रमुखको पुनः जिम्मेवारी दिएको छ ।
कांग्रेसको मधेश प्रदेश समितिले अपाङ्गता भएको व्यक्तिलाई समानुपातिक बन्दसूचीमा समावेश नगराएकोमा असन्तुष्ट गुप्ताले पदबाट राजीनामा दिएका थिए । तर प्रदेश सभापति कृष्णप्रसाद यादवले गुप्ताको राजीनामा अस्वीकृत गरेपछि उनी पुनः जिम्मेवारीमा फर्किएका हुन् ।
शुक्रबार कांग्रेस मधेस प्रदेशले गुप्ताको जिम्मेवारी यथावत नै रहेको महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले प्रतिनिधि सभा र प्रदेश सभाको उमेदवारलाई विजय गराउन संगठनलाई बलियो बनाउन गुप्तालाई निर्देशन समेत दिएका छन् ।
Sponsored