TodayPati

गठबन्धनको भ्रमजाललाई चिर्न उम्मेदवारी : हरिशंकर साह

टुडेपाटी-
जनकपुरधाम, असोज २८ गते ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ को ख बाट प्रदेशसभा सदस्य पदका लागि  स्वतन्त्र उम्मेदवारी दिएका हरिशंकर साहले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी कायमै रहने बताएका छन् ।

जनकपुरधाममा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले आफूले काँग्रेससँगको चार दशकभन्दा लामो साइनोलाई जोखिममा राखेर आफ्नो उम्मेदवारी कायमै राख्ने निर्णय गरेको बताए ।

Sponsored

पूराना कांग्रेसी नेता साहले कांग्रेसले पाँचदलीय गठबन्धनका कारण आफूलाई निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित गरेकोले आफू पनि गठबन्धनको निर्देशनलाई नमान्ने निर्णयमा पुगेको जिकिर गरे ।

उनले भने, ‘सत्ता गठबन्धनको निर्देशनलाई अब कुनैपनि हालतमा मान्दिन । धनुषा ३ को ‘ख’ बाट मेरो उम्मेदवारी अब कायमै रहन्छ । जनताले साथ र सहयोग गर्नुहुनेछ भने मलाई पूर्ण विश्वास छ ।’

साहले क्षेत्रीय कमिटीबाट आफ्नो एकल नाम सिफारिस भएपनि अन्तिम समयमा आएर कांग्रेसले आफूलाई धोका दिएको आरोपसमेत लगाए । उनले कांग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरुको दवावमा आफूले स्वतन्त्र उम्मेदवारी दिएकाले अब कुनैपनि हालतमा पछि नहट्ने र आफ्नो जित सुनिश्चित रहेको दावीसमेत गरे ।

Sponsored

२०३६ सालमा जनकपुरधामस्थित राराब क्याम्पसबाट राजनीतिक गतिविधिमा संलग्न बनेका साह २०३८ सालमा नेविसंघका सेक्सन सदस्य बनेका थिए ।

नेविसंघमा आबद्ध रहँदा २०४२ सालको सत्याग्रहका क्रममा ११ दिन प्रहरी हिरासतमा बसेका साहले प्रजातन्त्र पुर्नस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *