नेपालले एसियाली विकास बैंकबाट साढे २६ अर्ब ऋण लिने
टुडेपाटी–
काठमाडौं, असोज २८ गते ।
एसियाली विकास बैंकबाट नेपालले २० करोड अमेरिकी डलर (साढे २६ अर्ब रुपैयाँ) ऋण लिने भएको छ ।
मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि सो रकम बराबरको ऋण लिने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिएको छ ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुखको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिइएको जानकारी दिए ।