एमालेको रौतहट जिल्ला कमिटी विघटन
टुडेपाटी–
काठमाडौं, असोज २८ गते ।
नेकपा एमालेले रौतहट जिल्ला कमिटीलाई विघटन गरेको छ ।
शुक्रबार एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले एक विज्ञप्ति जारी गर्दै जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका हुन् ।
पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि पार्टीले कारवाही गरेको छ ।
पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको उल्लेख गरेका छन् ।
त्यस्तै प्रभु साहसँगै जिल्ला इज्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको छ । एमालेले सह इन्चार्ज उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।
Sponsored