TodayPati

मधेश सरकारबाट ६ मन्त्री र २ राज्यमन्त्रीलाई हटाउने तयारी

टुडेपाटी-
जनकपुरधाम, असोज २७ गते ।

संघीय सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई हटाएपछि त्यसको असर मधेश सरकारमा परेको छ । जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि पाँच दलीय गठन्धनका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले गठबन्धन दलका काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका ६ मन्त्री र दुई राज्यमन्त्रीलाई हटाउने तयारीमा छन् । यस विषयमा अहिले छलफल भइरहेको मधेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्र साहले टुडेपाटीलाई जानकारी दिए ।

प्रदेश सरकारमा काँग्रेसका तीन एकीकृत समाजवदीका २ मन्त्री र एक राज्यमन्त्री, माओवादीका एक मन्त्री र एक राज्यमन्त्री छन् । कांग्रेसबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंह छन् ।

Sponsored

नेकपा एकीकृत समाजावदीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादव र राज्य मन्त्री नागेन्द्र राय यादव छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह र राज्यमन्त्री रुबीकुमारी कर्ण छन् ।

अगामी चुनावी तालमेलको क्रकमा सत्ता गठबन्धन छाडेर जसपा एमालेसंग गएपछि केन्द्र सरकारमा रहेका उसका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री बनेका मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजमात्र बर्खास्त गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *