एमालेसँग गठबन्धन गरेपछि जसपाका चारमन्त्री पदमुक्त
टुडेपाटी–
काठमाडौँ, असोज २७ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी रहेका चार मन्त्रीलाई पदमुक्त गरेका छन् ।
एमालेसँग जसपाले गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरूलाई पदमुक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई पदमुक्त गरेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी छन् ।
यस्तै, कानुन‚ न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ।
Sponsored
Ramro garnu vo