TodayPati

सप्तरीमा निर्वाचन आचारसंहिता उल्लङघन गर्दै उम्मेदवार

शुभ नारायण यादव–
सप्तरी, असोज २७ गते ।

सप्तरीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने गरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ विपरित राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचारप्रसार गरिरहेको पाइएको छ ।

आयोगले सत्र दिन मात्र निर्वाचन सम्बन्धी प्रचारप्रसार गर्ने व्यवस्था भए पनि दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचार संहिता उल्लंघन गरेको पाइएको छ ।

Sponsored

दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित पार्टीको चिन्ह अंकित टीसर्ट र टोपी प्रयोग गरेर निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । उनीहरूका कार्यकर्ता पार्टीको चिह्न अंकित टीसर्ट लगाएर घर दैलो कार्यक्रममा सहभागी हुने गरेका छन् ।

जिल्लाको ४ वटै निर्वाचन क्षेत्रको सार्वजनिक स्थल भवन, स्मारक, पर्खाल, सडक, खम्बालगायतका ठाउँमा पर्चा टाँस्न वा टाँस्न लगाउन नहुनेमा बिजुलीको खम्बामा र सार्वजनिक सबारी साधनमा पार्टीका पोस्टर र झण्डाहरू टाँसिएको छ ।

त्यस्तै राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारले जुलुस वा आमसभा गर्दा निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको सामग्री बोक्न बन्देज गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले लाउडस्पीकर र ध्वनि उत्पन्न गर्ने यन्त्रको प्रयोग गर्न बन्देज गरिएको भएता पनि दल र स्वतन्त्र उम्मेदवारले आचार संहिता विपरित कार्य गरीरहेको छ ।

Sponsored

सो सम्बन्धमा सहायक निर्वाचन अधिकृत कुमार मास्केले निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गर्ने दल र स्वतन्त्र उम्मेदवारलाई पहिलो चरणमा सचेत गराउने र नमानेमा कारवाहीको प्रक्रिया अगाडी बढाउने बताए ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *